मनै लोभ्याउने नाम्जे [तस्बिरहरू]

विवेक विवश रेग्मी ३१ साउन २०८२ १६:१९ | Saturday, August 16, 2025
मनै लोभ्याउने नाम्जे [तस्बिरहरू]

इटहरी– धरानदेखि करिब २० किलोमिटर उकालो चढेपछि देखिने हरियाली डाँडामा एउटा सानो गाउँ छ- नाम्जे। किराँत-मगर संस्कृतिको सुगन्ध बोकेको यो गाउँ अहिले पूर्वको पर्यटनको नयाँ परिचय बनेको छ।

अमेरिकी समाचार संस्था सीएनएनले नाम्जेलाई २०६८ सालमा विश्वका १२ उत्कृष्ट गन्तव्यमा सूचीकृत गरेपछि यहाँ होमस्टे सञ्चालनले व्यापकता पाएको हो। त्यसबेला सीएनएनले नाम्जे क्षेत्रका आत्माघर, नाम्जे विद्यालय, पम्पिङ खानेपानी, विभिन्न एफएम टावर, मगर जातिको हुर्रा नाच, हात्तीसुँडे झरना, लोप्सेडाँडा, सूर्योदय बुद्धबिहार र आर्ग्यानिक गाउँलाई आधार मानेर आठौँ गन्तव्य घोषणा गरेको थियो।

धनकुटाको साँघुरीगढी गाउँपालिका-६ मा पर्ने यस गाउँमा ९५ प्रतिशतभन्दा धेरै मगर समुदायको बसोबास छ। यहाँका दुई दर्जनभन्दा बढी घरहरूले होमस्टे सञ्चालनमा ल्याएका छन्। यहाँ पुग्ने जो कोही पनि मौसमदेखि लोभिन्छन्। क्षणभरमै कुहिरो लाग्ने, एकैछिनमा पानी पर्ने, केहीबेरमै घाम लाग्ने, केहीबेरमै चिसो प्राप्त हुने मौसमसँगै हुर्रा नाचको ताल र गाउँको आत्मीय आतिथ्यले पर्यटकलाई मोहित पार्छ।

गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईका अनुसार यहाँ एक दिनमा दुई सयभन्दा बढी पर्यटक बास बस्न सक्छन्। ‘बुकिङ नगरी आउने पाहुनालाई राख्नै गाह्रो हुन्छ’, उनले भने, ‘यहाँको अर्ग्यानिक खाना र मौसमकै कारण पर्यटकलाई लोभ्याउँछ।’

उनका अनुसार नाम्जे पुग्न भेडेटारबाट चार किलोमिटर दुरी छ। यस गाउँबाट राजारानी ताल, नमस्ते झरनालगायतका ठाउँ पनि पुग्न सकिन्छ। सामुदायिक होमस्टेमार्फत पर्यटन व्यवसायले गाउँले जीवनस्तर उकास्ने अभ्यास थप फस्टाउँदै गएको उनको भनाइ छ।

प्रकाशित: ३१ साउन २०८२ १६:१९ | Saturday, August 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast