 
                             
                                            काठमाडौँ- मधेशवादी दलहरूले यथास्थितिमा भूमि विधेयक पारित गर्न नमिल्ने बताएका छन्। ज्ञानसत्ता निर्माणमा काम गरिरहेको वैचारिक संस्था मधेश लाइब्रेरी एन्ड रिसर्च सेन्टरको आयोजनामा आलोकनगर काठमाडौँस्थित मधेश लाइब्रेरी हलमा मधेश संवादको २३औँ शृंखलामा ‘भूमि विधेयकको अन्तर्य’ विषयक अन्तर्कृया कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव रामकुमार शर्माले यो विधेयक जारी गर्नु अघि यसको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताए। यो विधेयक त्रुटिपूर्ण रहेकोले खारेज नै गर्नुपर्ने बताए।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले भूमि विधेयक तराई-मधेश, नेपाल र विश्वको हितमा नरहेको बताए। उनले सुकुम्बासी र भूमिहिनको नाममा जिग्गा वितरण गर्ने भनिए पनि भुमाफियाको डिजाइनमा ल्याइएको आरोप लगाए।
कार्यक्रम सन्चालन मधेश लाइब्रेरीका सदस्य शमशाद अहमदले गरेका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 