मगर संघको अध्यक्षमा रानामगर सर्वसम्मत [पदाधिकारीको नामावलीसहित]

हिमाल प्रेस ३१ साउन २०८२ २१:४८ | Saturday, August 16, 2025
मगर संघको अध्यक्षमा रानामगर सर्वसम्मत [पदाधिकारीको नामावलीसहित]

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम रानामगर सर्वसम्मत निर्वाचित भएका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार सम्पन्न संघको तेस्रो राष्ट्रिय महाधिवेशनले रानामगरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

संघको उसभापतिमा कृष्ण थापामगर, उमा थापामगर र जनककुमार बाँठामगर चयन भएका छन् भने महामन्त्रीमा रामबहादुर थापामगर चयन भएका छन्।

सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन र सरिता रानामगर चयन भएका छन्। संघको कोषाध्यक्षमा गायत्री रानामगर चयन भएकी छन्। खुला सदस्यमा बमेन्द्रबहादुर बुर्जामगर, मानबहादुर मगर, ओमबहादुर मगर, रमेश थापामगर, सुरेश थापामगर, देवीकुमार बुढा, गोपाल रानामगर, नारायण जीएम चयन भएका छन्। महाधिवेशनको उद्घाटन सभापति कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए।

प्रकाशित: ३१ साउन २०८२ २१:४८ | Saturday, August 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast