भ्वाइस अफ नेपाल’ काे सातौं सिजनमा भित्रिए गायक प्रमोद

हिमाल प्रेस २६ साउन २०८२ १६:५२ | Monday, August 11, 2025
भ्वाइस अफ नेपाल’ काे सातौं सिजनमा भित्रिए गायक प्रमोद

काठमाडौँ- गायक प्रमोद खरेल ‘द भ्वाइस अफ नेपाल’ मा कोचका रूपमा फर्किएका छन्। उनी सातौं सिजनमा कोचका रूपमा जोडिएका हुन्। उनले फेसबुकमा स्टाटस लेख्दै आफू सातौं सिजनमा पुनः भ्वाइसमा जोडिएको बताएका छन्।

भ्वाइस अफ नेपालको पहिलो सिजनदेखि पाचौं सिजनसम्म लगातार कोच रहेका प्रमोदले छैटौं सिजनमा विश्राम लिएका थिए। उनले आफ्नो व्यक्तिगत कारणले विश्राम लिएको र दर्शककै माया र साथले पुनः जिम्मेवारीमा फर्किएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘भ्वाइस अफ नेपाल’ मार्फत तपाइ हाम्रो मायाको डोरी फेरि कस्सिने भएको छ। सिजन १ देखि ५ सम्म र भ्वाइस अफ किड्स १,२ र ३ सम्म आइपुग्दा संगीतका साधकदेखि  भर्खरै पाइला चाल्दै गरेका सयौं प्रतिभाहरूलाई लिएर अघि बढ्ने मौका मिल्यो। दर्शक/श्रोताको माया र साथले टिमले ८ सिजनमा ५ पटक उपाधि प्राप्त गर्‍यो, तर अकस्मात् यो यात्रालाई नितान्त मेरो व्यक्तिगत कारणले विश्राम लिएको थिएँ। हजुरको माया साथ र आशीर्वादले फेरि उही जिम्मेवारीमा फर्केको छु।’

सातौं सिजनमा अन्य कोच को-को रहनेछन् भन्ने निर्माण टिमले खुलाएको छैन।

प्रकाशित: २६ साउन २०८२ १६:५२ | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast