भियतनामका उपराष्ट्रपतिले भेटिन् राष्ट्रपति

हिमाल प्रेस ९ भदौ २०८२ १२:२८ | Monday, August 25, 2025
भियतनामका उपराष्ट्रपतिले भेटिन् राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ। सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन्।

यसअघि उनले उपराष्ट्रपति यादवसँग द्वीपक्षीय प्रतिनिधिमण्डलसहितको भेटवार्ता गरेकी थिइन्। त्यस्तै प्रधानमन्त्रै केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेकी थिइन्।

प्रकाशित: ९ भदौ २०८२ १२:२८ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast