भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा लोकतन्त्र र सरकारको विश्वसनीयतामा प्रश्न उठेको छ : सांसद खनाल

हिमाल प्रेस २७ साउन २०८२ १५:०४ | Tuesday, August 12, 2025
भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा लोकतन्त्र र सरकारको विश्वसनीयतामा प्रश्न उठेको छ : सांसद खनाल

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले ‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयको उदासीनता र भ्रष्टाचारप्रति ध्यानाकर्षण गराउँदै उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

खनालले संसद्मा यस विषयलाई लिएर लामो समयदेखि आन्दोलन गरिरहे पनि अझैसम्म कुनै प्रभावकारी छानबिन नहुँदा लोकतन्त्र र सरकारको विश्वसनीयतामा प्रश्न उठेको बताए।

‘लिचीबारी बेच्ने अडियो टेप सार्वजनिक भएपछि र पासपोर्ट छपाइमा भागबन्डा भएको खुलासा आएपछि पनि गृह मन्त्रालयले कारबाहीमा चासो नदेखाएको अवस्था छ,’ उनले भने।

गृह मन्त्रालयका कर्मचारीहरूले अझै पनि एयरपोर्टमा घुस लिइरहेको सूचनाहरू प्रहरीसम्म पुग्दा पनि मन्त्रालयले छानबिन अघि नबढाएको भन्दै सांसद खनालले सरकारलाई जिम्मेवार बन्न आग्रहगरे।

उनले थप भने, ‘लोकतन्त्रलाई कमजोर बनाउने भ्रष्टाचार, मानव तस्करी र नियमविपरीत कार्यमा संलग्नहरूविरुद्ध कदम चालिनुपर्छ।’

यस प्रकरणले सरकारको सुशासनमा विश्वासघात गरेको भन्दै खनालले प्रधानमन्त्रीलाई लोकतन्त्र र सुशासन सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न आग्रह गरे।

प्रकाशित: २७ साउन २०८२ १५:०४ | Tuesday, August 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast