 राप्रपाकी सांसद रोशन कार्की।
                             राप्रपाकी सांसद रोशन कार्की। 
                                            काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसाका नाममा सरकारले नै नेपालीहरूलाई मार्ने काम गरिरहेको आरोप लगाएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै राप्रपा सांसद रोशन कार्कीले यस्तो आरोप लगाएकी हुन्। उनले आफ्नो दल नेपाली नागरिक भिजिट भिसामा विदेश भ्रमणमा जाने विषयमा विरोधी नभएको पनि स्पष्ट पारिन्।
उनले भनिन्, ‘हामी भिजिट भिसाको विरोधी होइनौँ, भिजिट भिसाका नाममा नेपालीलाई मार्ने काम भएकाले त्यसको विरोध गरेका हौँ।’ कार्कीले यस विषयमा छानबिन समिति गठन नभएसम्म आफूहरूको विरोध कायमै रहेको स्पष्ट पारिन्।
यसैगरी सांसद कार्कीले दुई दलले निरन्तर विरोध गर्दासमेत जबरजस्त सदन सञ्चालन गरेको भन्दै आपत्ति जनाइन्। कार्कीले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन बनाउनुपर्ने माग राख्दै लामो समयदेखि सदनमा विरोध जनाएपछि जबरजस्त सदन सञ्चालन गरेको भन्दै आपत्ति प्रकट गरेकी हुन्। उनले सदनमा देखिएको समस्या समाधान गरेरमात्रै सदन चलाउन सुझाव दिइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 