 
                             
                                            काठमाडौँ- लिपुलेक हुँदै सीमापार व्यापार गर्ने भारत–चीनको सहमतिको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौँस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेका छन्। लिपुलेक नेपालको सार्वभौम भू–भाग भएकाले भारत–चीनबीच यो क्षेत्रमा व्यापारिक नाका खोल्ने निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठनले शनिबार दुतावासअगाडि प्रदर्शन गरेका हुन्।
नेपाली भूमिमा हुने यस्ता सम्झौता र हस्ताक्षरहरूले नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई गम्भीर रूपमा चुनौती दिएको भन्दै भारतीय दुतावासबाहिर प्रदर्शन गरिएको उनीहरुले जनाएका छन्।
यस बिषयमा सरकारलाई पनि स्पष्ट धारणा सार्वजनिक गर्न, आवश्यक कूटनीतिक पहल गर्न र राष्ट्रियता संरक्षणमा दृढ कदम चाल्न आह्वान समेत गरिएको अखिल छैठौँका अध्यक्ष सुवास जिसीले बताए।
प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रिय स्वाधिनताका रक्षा गरौैँ, गो ब्याक इन्डिया’ लगायतका नारा लगाएका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 