भारतमा ५० प्रतिशत अमेरिकी शूल्क लागू

हिमाल प्रेस ११ भदौ २०८२ १२:२७ | Wednesday, August 27, 2025
भारतमा ५० प्रतिशत अमेरिकी शूल्क लागू फाइल तस्बिर

काठमाडौँ– अमेरिकी सरकारले भारतमा ५० प्रतिशत अतिरिक्त शूल्क लागू गर्ने आधिकारिक सूचना जारी गरेको छ। भारतीय समयअनुसार बुधबार बिहान ९:३० बजेबाट नयाँ शूल्क लागू भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने भारतीय वस्तुहरूमा ५० प्रतिशत भन्सार महसुल लगाउने घोषणा कार्यान्वयन भएको हो।

राष्ट्रपति ट्रम्पका अनुसार भारतले रूसबाट कच्चा तेल किनेर युक्रेनविरुद्ध युद्धमा सहयोग गरेको कारणले यो कदम चालिएको हो। भारतले यस निर्णयलाई ‘अनुचित, अनावश्यक र तर्कहीन’ भनेको छ।

प्रकाशित: ११ भदौ २०८२ १२:२७ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast