भारतमा प्रदर्शन हुँदै सशान कँडेल निर्देशित फिल्म ‘होस्टेल ३’

हिमाल प्रेस ३० साउन २०८२ १६:३२ | Friday, August 15, 2025
भारतमा प्रदर्शन हुँदै सशान कँडेल निर्देशित फिल्म ‘होस्टेल ३’

काठमाडौँ- फिल्म ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँदैछ। आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन हुन लागेको निर्माण टिमले जनाएको छ।

टिमका अनुसार नेपालमा सफल प्रदर्शन भएपछि भारतीय गोरखा समुदायको बाक्लो उपस्थिति रहेको सिक्किम, दार्जिलिङ क्षेत्रमा उच्च माग भइरहेको छ। भारतमा गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमा वितरण गर्दैछ।

सशान कँडेलको निर्देशनमा बनेको फिल्म नेपालमा ५१ दिनसम्म प्रदर्शन भएको थियो। फिल्ममा क्याम्पस जीवनका प्रेम, उतारचढाव, मित्रता र संघर्षको कथा प्रस्तुत गरिएको छ। फिल्म नेपालमा युवा पुस्ताले रुचाएका थिए। फिल्मका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा हुन्।

फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, आशिष पुरुषलगायतका कलाकारको अभिनय छ। फिल्ममा सुरेश कँडेल र गोविन्द अधिकारीको लगानी छ।

प्रकाशित: ३० साउन २०८२ १६:३२ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast