‘भदौरे झरी’ले बाढीपहिरो निम्त्याउने सम्भावना

हिमाल प्रेस १२ भदौ २०८२ १०:०२ | Thursday, August 28, 2025
‘भदौरे झरी’ले बाढीपहिरो निम्त्याउने सम्भावना

काठमाडौँ- निरन्तरको झरीले बाढीपहिरो निम्याउने जोखिम बढेको छ। गएरातिदेखि काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा जारी छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार २१ जिल्लामा बाढीको जोखिमको सम्भावना छ। आज दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च रहेको बाढी महाशाखाले जनाएको छ।

आज इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, दाङ, सल्यान, सुर्खेत, बाँके, जुम्ला, कालीकोट, डोल्पा, मुगु, हुम्ला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने सम्भावना छ र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।

प्रकाशित: १२ भदौ २०८२ १०:०२ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast