काठमाडौँ- नेपालस्थित भारतीय दूतावासले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भारतको ७९औँ स्वतन्त्र दिवस मनाएको छ । कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा, ऊर्जामन्त्री दीपक खड्का लगायतको उपस्थिति थियो।
पाटन दरबार क्षेत्रमा रहेको भण्डारखाल बगैँचामा विशेष सांस्कृतिक कार्यक्रम गर्दै दूतावासले स्वतन्त्रता दिवस मनाएको हो।

प्रकाशित: ३१ साउन २०८२ ११:०६
प्रतिक्रिया




