बेसीसहर-चामे-खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइयो

हिमाल प्रेस २६ साउन २०८२ ७:४२ | Monday, August 11, 2025
बेसीसहर-चामे-खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइयो

मनाङ- मनाङको बेसीसहर-चामे-खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइएको छ। साबिकको तुलनामा आधा भाडादर घटाइएको हो।

सार्वजनिक यातायात आचारसंहिता, २०६७ को परिपालना गर्नेसम्बन्धी निर्णयको पालनका सम्बन्धमा बृहत् छलफल पश्चात् नयाँ भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।

आगामी दिनमा उक्त आचारसंहिताको पूर्ण रूपमा परिपालना गर्न निर्देशन दिने, सोको निरन्तर अनुगमन, मूल्यांकन गर्ने तथा उल्लंघन भएको पाइएमा कानुन बमोजिम कारबाही गर्ने निर्णय गरिएको छ।

सडक खण्डको अवस्थामा आएको सुधार, यात्रुको भाडादरमा भएको समायोजन तथा जिल्लाको स्वीकृत जिल्ला दररेटका आधारमा ढुवानीको दरसमेतलाई समायोजन गर्ने निर्णय गरिएको छ।

प्रजिअ आचार्यले भने, ‘अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकबाट भाडादर निर्धारण गरिएको छ। भाडा निर्धारण गरिएपछि स्थानीयलाई सहज हुनेछ।’

बैठकले विगतमा एक हजार ५०० रुपैयाँ भाडा लिने सो रुटको भाडादर हाल ७५० रुपैयाँ निर्धारण गरेको छ। नयाँ भाडादर आगामी भदौ १ गतेबाट लागु हुनेछ। रासस

प्रकाशित: २६ साउन २०८२ ७:४२ | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast