 सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठक। तस्बिर : रासस
                             सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठक। तस्बिर : रासस
                                            काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु फर्स्योटका लागि राज्यका निकायलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले हरेक वर्ष बेरुजु बढ्दै गएकाले कानुनको पूर्ण कार्यान्वयन र कार्यसम्पादनमा बेरुजुलाई जोडेर राज्यका निकायलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकले चालू आर्थिक वर्षलाई बेरुजु फर्स्योट वर्षका रुपमा अभियान कै रुपमा चलाउन समेत सुझाव दिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए। उनले विभिन्न कार्यालयमा सरुवा गरी पठाउने लेखासम्बद्ध अधिकारीको पछिल्लो दुई आर्थिक वर्षको कार्यकालको कार्यसम्पादन र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन बनाएर समितिलाई पेस गर्न महालेखा परीक्षक कार्यालयलाई निर्देशन दिएका छन्।
बैठकमा महालेखा परीक्षक तोयम रायले बेरुजु बढ्दै गएपनि त्यहि अनुसार फर्स्योटको काम पनि अघि बढेको जानकारी गराए। उनले मन्त्रालयको बेरुजु कम गर्न सचिवहरुले पनि ध्यान दिनुपर्नेमा जोड दिए।
त्यस्तै बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिवहरुले बेरुजु फर्स्योटका देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरुले कार्यसम्पादनमा बेरुजुलाई जोडेर नै जवाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 