बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्रीले लिए शपथ

हिमाल प्रेस ३० साउन २०८२ १८:५१ | Friday, August 15, 2025
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्रीले लिए शपथ

बागमती- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज (शुक्रबार) नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

मुख्यमन्त्री बानियाँले सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझीलाई नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूलाई आज (शुक्रबार) एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शपथ गराए।

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले सोही दिन ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। यसअघि मुख्यमन्त्री बानियाँको सिफारिसमा कांग्रेसबाट शिवराज अधिकारीलाई बिना विभागीयमन्त्री र कृष्ण तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बनेका थिए।

मन्त्री अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवार दिइएको छ। यस्तै मुख्यमन्त्री बानियाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, भरत केसीलाई वन तथा वातावरण मन्त्री, जयराम थापालाई श्रम तथा यातायात मन्त्री, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा नियुक्त गरेका थिए।

प्रकाशित: ३० साउन २०८२ १८:५१ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast