‘बल्छी धुर्बे’ ले सुरु गरे ‘गोबर गणेश’ को छायांकन

हिमाल प्रेस ३ भदौ २०८२ १५:४४ | Tuesday, August 19, 2025
‘बल्छी धुर्बे’ ले सुरु गरे ‘गोबर गणेश’ को छायांकन

काठमाडौँ- हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले फिल्म ‘गोबर गणेश’ को छायांकन सुरु गरेका छन्। सामाखुसीको म्हेपी मन्दिरमा शुभ साइत गर्दै मंगलबार फिल्मको छायांकन सुरु गरिएको हो।

३५ दिने तालिकासहित काठमाडौँ र पोखरामा फिल्मको छायांकन गर्ने निर्देशक श्रेष्ठले जानकारी दिए। सानो पर्दा जसरी ठूलो पर्दाको फिल्ममा दर्शकले साथ दिनेछन् भन्नेमा आफू विश्वस्त रहेको उनले बताए। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। टेलिफिल्म ‘मेरी बास्सै’ बाट लोकप्रिय बनेका श्रेष्ठले ‘हल्का रमाइलो’ र ‘जुठे’ सिरियल निर्देशन र अभिनयमा व्यस्त थिए।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुने फिल्म माघ १ मा प्रदर्शन गर्ने टिमको तयारी छ।

फिल्ममा निर्देशक श्रेष्ठसहित वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, विल्सनविक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, राजु याक्चा, रामप्रसाद खनाल, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायतको अभिनय रहनेछ।

तारानाथ न्यौपाने प्रमुख सहायक निर्देशक, योगेशकाजीको पाश्र्व ध्वनि, शंकर पाण्डेको निर्माण नियन्त्रण, शिवराम श्रेष्ठको छायांकन र विपीन मल्लको सम्पादनमा बन्नेछ।

प्रकाशित: ३ भदौ २०८२ १५:४४ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast