बधाई थाप्न सिंहदरबार पुगे मुख्यमन्त्री बानियाँ

हिमाल प्रेस २९ साउन २०८२ १७:३६ | Thursday, August 14, 2025
बधाई थाप्न सिंहदरबार पुगे मुख्यमन्त्री बानियाँ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सिंहदरबारमा बधाई दिँदै उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह। तस्बिर सौजन्य : सहरी विकास मन्त्रालय

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ बधाई थाप्न सिंहदरबार पुगेका छन्। मुख्यमन्त्री बानियाँ बिहीबार उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको बधाई थाप्न सिंहदरबारस्थित सहरी विकास मन्त्रालय पुगेका हुन्।

उपप्रधानमन्त्री सिंहले मुख्यमन्त्री बानियाँलाई बधाई र कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको सिंहको सचिवालयले जनाएको छ। उपप्रधानमन्त्री सिंहले बागमती प्रदेशका प्रमुख शहरी पूर्वाधार निर्माण, स्मार्ट सिटी परियोजना, अव्यवस्थित बसोबासको पुनः व्यवस्थितीकरण र वातावरणमैत्री विकासका कार्यक्रमबारे संघ र प्रदेश सरकारबीच सहकार्य हुने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित: २९ साउन २०८२ १७:३६ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast