काठमाडौँ- बझाङका रवीन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन्।
गएराति भारतको नोएडामा भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रवीन्द्र च्याम्पियन बनेका हुन् ।
आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच-लडाईको जितको शृंखला खलालाई भंग गरिदिए। रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । उनलाई प्रधानमन्त्रीले समेत बधाई दिएका छन्।
                            प्रकाशित: १८ साउन  २०८२ ७:५९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             

