बंगालको खाडीबाट फेरि भित्रियो ‘पानीसहितको हावा’, भारी वर्षाको सम्भावना

हिमाल प्रेस १ भदौ २०८२ ६:३५ | Sunday, August 17, 2025
बंगालको खाडीबाट फेरि भित्रियो ‘पानीसहितको हावा’, भारी वर्षाको सम्भावना

काठमाडौँ- नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण आज पनि देशका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ।

मधेश प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशका तराई र पहाड भूभाग तथा बाँकी प्रदेशका पहाड भूभागका केही स्थान साथै बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

कोशी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

मधेश प्रदेशलगायत कोसी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराई भूभाग र बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई र पहाड भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित: १ भदौ २०८२ ६:३५ | Sunday, August 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast