प्रेम कथामा ‘कुमारी’ बनाउँदै दिनेश राउत, मुख्य भूमिकामा अविशेक खड्का र आकृति राजभण्डारी

हिमाल प्रेस १५ भदौ २०८२ १६:०९ | Sunday, August 31, 2025
प्रेम कथामा ‘कुमारी’ बनाउँदै दिनेश राउत, मुख्य भूमिकामा अविशेक खड्का र आकृति राजभण्डारी

काठमाडौँ- प्रेम कथामा आधारित रहेर दिनेश राउतले फिल्म ‘कुमारी’ बनाउने भएका छन्। फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक राउतले फिल्मको औपचारिक घोषणा गरेका हुन्।

फिल्ममा मुख्य कलाकारको रूपमा अविशेक खड्का र आकृति राजभण्डारी जोडिएको निर्देशक राउनले बताए। कथा विकास सुवेदीको कथा लेखन रहेको फिल्ममा अविशेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायत कलाकारको अभिनय रहनेछ।

फिल्म यही भदौदेखि छायांकन सुरु गरिनेछ। सुसन प्रजापतिले छायांकन गर्नेछन्। बिनिश इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा पिक्चर फ्रेमको सहकार्य रहनेछ। फिल्मका निर्मातामा महेन्द्र अधिकारी रहनेछन्। फिल्म यही भदौदेखि छायांकन सुरु गरिनेछ। सुसन प्रजापतिले छायांकन गर्नेछन्।

‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका निर्देशक राउतले ‘नोभेम्बर रेन’, ‘क्लासिक’जस्ता प्रेम कथासहित ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’, र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा आधारित फिल्म निर्देशन गरिसकेका छन्। दर्शकको चाहनाअनुसार आफू फेरि प्रेमकथा बनाउन फर्किएको उनले बताए।

प्रकाशित: १५ भदौ २०८२ १६:०९ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast