काठमाडौँ- भारतीय परराष्ट्र सचिव विक्रम मिसरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टचार भेट गरेका छन्।
केहीबेरअघि त्रिभुवन विमानस्थलमार्फत काठमाडौँ आइपुगेका मिसरीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री ओलीसँग शिष्टचार भेटवार्ता गरेका हुन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणमा मिसरी दुई दिने नेपाल भ्रमणमा आएका हुन्। उनले नेपालका शीर्ष नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यसूची छ।
प्रकाशित: १ भदौ २०८२ १२:०९ | Sunday, August 17, 2025
प्रतिक्रिया




