प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै

हिमाल प्रेस १४ भदौ २०८२ १५:०७ | Saturday, August 30, 2025
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन सहरमा पुगेका छन्।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।

उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति जिनफिङसँग आजै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित: १४ भदौ २०८२ १५:०७ | Saturday, August 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast