प्रधानमन्त्री ओलीले कृषि र उद्योगमन्त्रीलाई दिए तीनबुँदे निर्देशन

हिमाल प्रेस २७ साउन २०८२ १७:५९ | Tuesday, August 12, 2025
प्रधानमन्त्री ओलीले कृषि र उद्योगमन्त्रीलाई दिए तीनबुँदे निर्देशन एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले न्त्री कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई तीनबुँदे निर्देशन दिएका छन्।

कृषि मल व्यवस्थापन र उत्पादनवृद्धिबारे सिंहदरबारमा मंगलबार भएको छलफलमा ओलीले तीन दिनभित्र सम्पादन गर्ने गरी तीनबुँदे निर्देशन दिएका हुन्।

ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउनु निर्देशन दिएका छन्। यसैगरी कम्पोस्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन ओलीले दिएको अर्को निर्देशन हो।

‘माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनुस्’, ओलीले दिएको तेस्रो निर्देशनमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast