प्रधानमन्त्री ओलीले आगामी भदौ ३ गते नाडा अटो शो उद्घाटन गर्ने

हिमाल प्रेस २६ साउन २०८२ १६:२७ | Monday, August 11, 2025
प्रधानमन्त्री ओलीले आगामी भदौ ३ गते नाडा अटो शो उद्घाटन गर्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ ३ गते काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने १७औं संस्करणको नाडा अटो शो उद्घाटन गर्ने भएका छन्।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले साेमबार प्रधानमन्त्री ओलीलाई भेट गरी कार्यक्रमको प्रमुख अतिथिका रूपमा उद्घाटन गर्न औपचारिक अनुरोध गरेको थियो। नाडा स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने अटो शो भदौ ३ देखि ८ गतेसम्म सञ्चालन हुनेछ।

अध्यक्ष चौधरीका अनुसार यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरूको सहभागिता रहनेछ। प्रदर्शनीमा इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान, भिन्टेज मोटर शो, पहिलोपटक नेपालमा प्रदर्शन हुन लागेको अत्याधुनिक रोबोट तथा भविष्य उन्मुख प्रविधिहरू विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछ।

प्रधानमन्त्री ओलीले सो आमन्त्रण सहर्ष स्वीकृत गरेका छन्। नाडाका अनुसार यसले अटोमोबाइल व्यवसायीहरूलाई थप हौसला र प्रेरणा प्रदान गर्नेछ।

भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको उपस्थिति थियो।

प्रकाशित: २६ साउन २०८२ १६:२७ | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast