 
                             
                                            काठमाडौँ- लेखक एवम् पत्रकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ को लाेकार्पण भएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपन्यास लाेकार्पण गरेका हुन्।
उपन्यासमा कांग्रेस नेता एवम् पूर्वमन्त्री बखानसिंह गुरुङले प्रजातन्त्र स्थापनाका लागि गरेको संघर्षमा आधारित छ। गुरुङ नेपालको सहकारी अभियन्तासमेत थिए।
पुस्तकका लेखक पराजुलीले जनताको अधिकार स्थापित गर्न बखानसिंहले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनको संघर्ष समेटेर उपन्यास प्रकाशन गरेको बताए। पुस्तक शिखा बुक्सले प्रकाशन गरेकाे हाे।
जनतालाई अधिकार स्थापित गर्न स्वर्गीय गुरुङले खेलेको भूमिका महत्त्वपूर्ण रहेको महामन्त्री शर्माकाे भनाइ थियाे। कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेसले बखानसिंहलाई सहिद घोषणा गर्नतर्फ लाग्नुपर्ने विचार व्यक्त गरे।
पुस्तकका समीक्षक एवम् राजनीतिक विश्लेषक शंकर तिवारीले जागिर छाडेर सहिदको पक्षमा लागेका बखानसिंह निष्ठावान लोकतान्त्रिक व्यक्ति भएको धारणा राखे।
अर्का समीक्षक एवम् मदन पुरस्कार विजेता अमर न्यौपानेले गुरुङ भाषामा लेखिएकोले सांस्कृतिक उपन्यास भएको उल्लेख गरे।
कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेलगायतले कार्यक्रममा नेपालको प्रजातान्त्रिक आन्दोलनको सशक्त नाम बखानसिंह गुरुङ रहेको बताएका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 