पोखरामा पनि निजी तथा आवासीय विद्यालय आन्दोलित

हिमाल प्रेस ६ भदौ २०८२ १७:४२ | Friday, August 22, 2025
पोखरामा पनि निजी तथा आवासीय विद्यालय आन्दोलित

पोखरा– संघीय शिक्षा ऐनमा केही प्राबधानको विरोधमा यतिबेला देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित छन्।

प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्तरुपमा गरेको विरोध प्रदर्शनअन्तर्गत पोखराका निजी तथा आवासीय विद्यालयहरु पनि सडकमा गाडी तेर्साएर विरोध गरे। गैरनाफामूलक बनाउने र पूर्णछात्रवृत्ति व्यवस्था हटाउन माग गर्दै उनीहरु चरणबद्ध आन्दोलनमा छन्।

बसमा कालो झण्डा र कालो व्यानरसहित उनीहरुले विरोध गरेका छन्। संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको भन्दै विरोध गरिएको एन प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले बताए।

यहाँका निजी तथा आवासीय विद्यालयका बसहरु पोखराका विभिन्न ठाउँमा परिक्रममा गरी विरोध जनाइएको थियो।

‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनुपर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामग्री जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना, खाजा प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरुलाई गैरनाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायत माग निजी तथा आवासीय विद्यालयको छ।

प्रकाशित: ६ भदौ २०८२ १७:४२ | Friday, August 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast