 
                             
                                            काठमाडौँ- पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ। नेपाल आयल निगमले शनिबारदेखि लागू हुने गरेर पेट्रोलको मूल्य बढाएको हो। डिजेल र मट्टिटेलमा भने एक रूपैयाँ घटाइएको छ।
योसँगै अब काठमाडौं, पोखरा र दीपायल डिपो अन्तर्गतका पेट्रोल पम्पमा पेट्रोलको मूल्य प्रतिलिटर १६१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम गरिएको छ।
सुर्खेत र दाङ डिपोअन्तर्गत क्षेत्रमा पेट्रोल १६० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम भएको निगमले जनाएको छ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भवलारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल १५८.५० रुपैयाँ र डिजेल/मट्टितेल १४६.५० रुपैयाँ पर्ने निगमले जनाएको छ।
                            प्रकाशित: ३० साउन  २०८२ २१:३४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 