 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार अलास्काको जोइन्ट बेस एल्मेन्डर्फ–रिचर्डसनमा। तस्बिर : एपी/रासस
                             अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार अलास्काको जोइन्ट बेस एल्मेन्डर्फ–रिचर्डसनमा। तस्बिर : एपी/रासस
                                            सबैभन्दा खराब अवस्था टर्यो। तर स्थिति अझै खराबै रह्यो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्का शिखर सम्मेलन हुनुअघि युक्रेनलाई अमेरिकी र रूसी राष्ट्रपति शान्ति सम्झौता बोकेर बाहिर निस्कनेछन् भन्ने ठूलो डर थियो।
शिखर सम्मेलनअघि ट्रम्पले गरेको ‘भूमि साटासाट’ को प्रस्ताव सुन्दा यस्तो देखिन्थ्यो कि अमेरिका युक्रेनले आफ्नो केही भूभाग सधैँका लागि रूसलाई सुम्पिने कुरामा तयार हुन सक्छ। बदलामा अमेरिकी-रूसी व्यापारिक सम्बन्ध फेरि अघि बढाउन सक्ने टिप्पणी पनि भए।
तर त्यस्तो भएन। त्यसैले युक्रेनलाई ट्रम्पले सहमति गरेको सम्झौता अस्वीकार गर्ने खतरनाक अवस्थामा पुग्न बाध्य हुनुपरेन।
तर शिखर सम्मेलनको दृश्य भने अत्यन्त दुर्भाग्यपूर्ण रह्यो। अमेरिकी सैनिकले पुटिनका लागि रातो कार्पेट ओछ्याइदिए। धेरैको बुझाइमा पुटिन एक सम्प्रभु छिमेकीमाथि आक्रमण गर्ने र १९४५ पछि युरोपमा भएको सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु गर्ने ‘अभियुक्त युद्ध अपराधी’ हुन्। त्यस्ता रूसी नेतालाई बाहिरी संसारमा स्वागत गरियो।
अलास्कामा भएको पत्रकार सम्मेलनमा पुटिन सन्तुष्ट देखिन्थे। त्यो अपेक्षित नै थियो। अहिलेका लागि ट्रम्पले रूसमाथि थप कडा प्रतिबन्ध लगाउने कुरा छोडिसकेका छन्। उनले पुटिनको सुझावलाई पनि समर्थन गरे, जसअनुसार युद्धविरामपछि वार्तामा जानेभन्दा सीधै शान्ति सम्झौतामै लक्षित गर्नु उपयुक्त हुन्छ भन्ने थियो। यो युक्रेन र युरोपेली प्रस्तावको विपरीत थियो।
एउटा अर्थमा अलास्का शिखर सम्मेलन पुटिनका लागि पनि गुमेको अवसर साबित भयो। कुनै सहमतिपत्र नआएकाले परिणाम अस्पष्ट रह्यो, जसले युरोपेली र युक्रेनीहरूलाई ट्रम्पको सम्मेलनपछिको सोचलाई मोड्ने अवसर दिएको छ।
पुटिनले यो सम्भावनाबारे सजग देखिए र युरोपेली तथा युक्रेनीहरूलाई शान्ति प्रक्रियामा ‘बाधा नपुर्याउन’ चेतावनी दिए। अहिले रूस, युरोप र युरोपेली संरक्षणमा रहेका युक्रेनीहरू सबैको रणनीति एउटै छ- ट्रम्पको चाप्लुसी गर्ने, उनको मनपर्ने कुरा पूरा गर्ने र कहिल्यै विरोध नगर्ने।
यी आधार तयार भएपछि ट्रम्पसँग संवाद गर्नेहरू उनको भनाइमा रहेका आफूलाई उपयोगी अंश टिप्छन् र आफ्ना विचार बिस्तारै घुसाउँछन्। योजना यस्तो हुन्छ- ट्रम्पका भव्य घोषणाहरूलाई लिएर त्यसमा आफ्ना विवरण भर्ने।
अलास्कामा ट्रम्पले पुटिनमाथि यही रणनीति अपनाएको देख्न सकिन्थ्यो। पत्रकार सम्मेलनमा उनले ट्रम्पको मनपर्ने एउटा बिन्दुलाई खुलेर समर्थन गरे- यदि उनी २०२२ मा राष्ट्रपतिमा रहे भने युक्रेन युद्ध हुने थिएन। पछि ट्रम्पले एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, पुटिनले उनलाई २०२० को राष्ट्रपति चुनाव धाँधलीपूर्ण भएको बताएका थिए।
ट्रम्पलाई चापलुसी गरेर र उनको मनगढन्ते धारणालाई मान्यता दिएर पुटिनले आफ्ना मनपर्ने विचार पनि प्रस्तुत गरे। पत्रकार सम्मेलनको अन्त्यमा ट्रम्प मुस्कुराइरहेका बेला पुटिनले युद्धको मूल कारणलाई सम्बोधन गर्ने खालको व्यापक शान्ति सम्झौतामा जोड दिए।
तर पुटिनका दृष्टिमा त्यो मूल कारण युक्रेनको सार्वभौम लोकतन्त्र बन्ने आकांक्षा थियो, जसले मास्कोको वर्चस्वबाट छुटकारा पाएको थियो। उनले युरोपमा ‘सुरक्षाको न्यायपूर्ण सन्तुलन’ को आवश्यकता पनि उल्लेख गरे। यो २०२१ मा मोस्कोले गरेको माग बाल्टिक मुलुकहरू र पोल्यान्डबाट नाटो सेनाहरू हटाउनुपर्ने संकेतझैँ लाग्थ्यो।
युरोप र युक्रेनले पनि यो चाप्लुसी सिकिसकेका छन्। ट्रम्पसँगको कुरा पछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विट गर्दा यसै खेलको झलक देखियो। उनले अमेरिकी राष्ट्रपतिप्रतिको आभार र पुटिनसँग त्रिपक्षीय सम्मेलनमा सहभागी हुन तयार रहेको उल्लेख गरेका छन्। पुटिन यसमा सहमत हुने सम्भावना कम छ। अन्तिममा उनले एउटा महत्त्वपूर्ण विवरण थपे, ‘हामीले युक्रेनको सुरक्षाको ग्यारेन्टीमा अमेरिकी पक्षबाट आएका सकारात्मक संकेतबारे पनि छलफल गर्यौँ।’
रूस युक्रेनमाथि आक्रमण बढाइरहेको छ। थप नागरिकको मृत्यु भइरहेको छ। ट्रम्प पुटिनसँग निराश हुन सक्छन्। त्यो बेला अमेरिकालाई फेरि रूसमाथि थप प्रतिबन्ध लगाउने र युक्रेनलाई सहयोग बढाउने दिशामा केन्द्रित गर्न सम्भव हुन सक्छ। त्यसबीच युद्ध भने निरन्तर चलिरहेको छ।
पुटिनसँगको भेटपछिको ट्रम्पको आलोचना
युक्रेनमा युद्धविराममा सहमत हुन अस्वीकार गरे पुटिनलाई ‘गम्भीर परिणाम’ भोग्नुपर्छ भन्ने आफ्नै चेतावनी कार्यान्वयन नगरेपछि वासिंटन फर्किँदा ट्रम्पले राजनीतिक प्रतिकृयाको सामना गर्नुरेको छ।
अलास्कामा शुक्बार भएको तीनघण्टे बैठकपछि ट्रम्पले केही प्रगति भएको दाबी गरे पनि युक्रेनको मोर्चामा लडाइँ जारी रह्यो। परिणामविहीन रातो कार्पेट स्वागत गरेको भन्दै अमेरिकी राष्ट्रपतिको आलोचना भयो।
टिप्पणीकार बिल ओराइलीले शिखर सम्मेलनबाट ठोस उपलब्धि नभएकोमा दुःख प्रकट गर्दै भने, ‘अब राष्ट्रपतिले आर्थिक दबाब बढाउनुपर्छ। समय ट्रम्पको पक्षमा छैन।’
साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर लिन्द्से ग्राहमले पुटिनसँग भेटेकोमा ट्रम्पको प्रशंसा गरे। उनले भने, ‘अबको उत्तम सम्भावना भनेको क्रिसमसअघि नै युद्धविराम हो।’
सशस्त्र सेवा समितिका शीर्ष डेमोक्र्याट ज्याक रिडले भने, ‘म सक्रिय कूटनीति र वार्ताको समर्थन गर्छु। सबै शान्ति चाहन्छन्, तर शान्ति जिम्मेवारीपूर्वक हुनुपर्छ।’ उनलाई पनि पुटिनलाई दिइएको रातो कार्पेट स्वागत र ट्रम्पले ताली बजाएर गरेको संकेत मन परेन। उनले भने, ‘अनि सबैजना असामान्य प्रेस सम्मेलन र विवरणको कमीबाट अचम्मित भए।’
इलिनोइसका डेमोक्र्याट माइक क्विग्लीले ट्रम्पले पुटिनलाई साँच्चिकै रातो कार्पेट ओछ्याएको प्रतिक्रिया दिए।
अझ महत्वपूर्ण कुरा के भने ट्रम्पले आफ्नै पार्टीभित्र पनि चेतावनी र असन्तोष सुन्नुपरेको छ। पेनसिल्भानियाका रिपब्लिकन सांसद ब्रायन फिट्जप्याट्रिकले भने, ‘दिगो र स्थायी सुरक्षा हाम्रो मित्रराष्ट्रहरूसँगै मात्र सम्भव छऽ विशेषगरी युक्रेनसँग।
युक्रेनले डोनेत्स्क र लुहान्स्क त्याग्नुपर्ने पुटिनको सर्त, के भन्छन् युरोपेली नेता?

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 