पहिलो अभ्यास खेलमा आसामसँग नेपाल ‘ए’ पराजित

हिमाल प्रेस १२ भदौ २०८२ २०:२६ | Thursday, August 28, 2025
पहिलो अभ्यास खेलमा आसामसँग नेपाल ‘ए’ पराजित तस्बिर : क्यान

काठमाडौँ– टी–२० श्रृंखलाअन्तर्गत भारतको आसामसँग भएको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ। भारतको गुवाहाटीमा बिहीबार भएको खेलमा नेपाल ‘ए’ आसामसँग १५ रनले पराजित भएको हो।

आसामले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछयाएको नेपालले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो।

त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसामलाई डक वर्थ लेविस (डीएसएल) नियमका आधारमा विजेता घोषणा गरिएको हो। खेल रोकिनुअघि नेपाल ‘ए’ का शुभ कंसाकार ३३ तथा सन्दीप जोरा दुई रन बनाएर खेलिरहेका थिए। यसैगरी कप्तान अनिलकुमार साहले २०, पवन सर्राफले ६ र इशान पाण्डेले एक रन बनाए।

बलिङतर्फ आसामका मरिनमोय दत्त र आकाश सेनगुप्ताले एक–एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ९० रन बनायो।

आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित कश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन बनाए।

बलिङतर्फ नेपालका लागि आकाश चन्दले तीन, सागर ढकाल र विवेककुमार यादवले दुई÷दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए।

पाँच खेलको शृंखलामा नेपाल १–० ले पछि परेको छ। शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ।

प्रकाशित: १२ भदौ २०८२ २०:२६ | Thursday, August 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast