पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

हिमाल प्रेस ७ भदौ २०८२ १९:४४ | Saturday, August 23, 2025
पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन फाइल तस्बिर।

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा–काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा पहिरो गएर अवरुद्ध बनेको सडक शनिबार सञ्चालनमा आएको छ।

ठूलाठूला डोजरको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैगरी हेटौँडा–काठमाडौँ खण्डको कान्तिलोकपथको भिमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा शुक्रबार गएको पहिरोले सडक अवरुद्ध भएकामा शनिबार दिउँसो पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन्।

प्रकाशित: ७ भदौ २०८२ १९:४४ | Saturday, August 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast