पहिरोमा परेर इलाममा एकको मृत्यु

हिमाल प्रेस २८ साउन २०८२ १४:५४ | Wednesday, August 13, 2025
पहिरोमा परेर इलाममा एकको मृत्यु

इलाम- पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ। जिल्लाको रोङ गाउँपालिका-४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

दिउँसो करिब १२:०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए।

राई कान कम सुन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक राईले बताए। घटनाबारे थप अनुसन्धानका तथा कानुनी प्रक्रियाका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटाइएको उनले जानकारी दिए।

प्रकाशित: २८ साउन २०८२ १४:५४ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast