पशुपति क्षेत्रमा सशस्त्र प्रहरीका ७ सय जनशक्ति परिचालन हुने

हिमाल प्रेस ९ भदौ २०८२ १९:३८ | Monday, August 25, 2025
पशुपति क्षेत्रमा सशस्त्र प्रहरीका ७ सय जनशक्ति परिचालन हुने फाइल तस्बिर।

काठमाडौँ- हरितालिका तीजको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब सात सय जना जनशक्ति परिचालन हुनेछन्। जसमा १ सय ५० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरु खटिने छन्।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा महिला दिदीबहिनीहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन के.सी.को कमाण्डमा मंगलबार राति २ बजेदेखि ड्यूटि परिचालन हुने सशस्त्र प्रहरीले जानकारी दिएको छ।

पशुपति परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थानपना गरिएको छ। मेलाको सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ।

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा ३ सय भन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचालन हुने सशस्त्र प्रहरीले जनाएको छ।

त्यसै गरी आवश्यक परेको समयमा थप मद्दतको लागि नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ, नं. १८ निलबराही गण कीर्तिपुर , नं. २० विपद् उद्वार गण सिनामंगल, नं. २१ दक्षिणकाली गण खुमलटार ललितपुर, नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुर र नं. २४ बाघभैरव गुल्म काठमाडौँमा आवश्यकता अनुसार सुरक्षा  फौज तयारी हालतमा राखिएको छ।

त्यस्तै नेपाल एपीएफ अस्पतालको  महिला चिकित्सकसहितको  स्वास्थ्यकर्मीले  मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ। नं. २० विपद् उद्धार गण सिनामंगलबाट सशस्त्र प्रहरीको गोताखोर तथा  विपद् उद्धारक र आबश्यक सामाग्रीसहितको वाटर रेस्क्यु टोली राम मन्दिर नजिकै बागमती नदिको किनारमा खटिने छ।

प्रकाशित: ९ भदौ २०८२ १९:३८ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast