काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीजले हाम्रो संस्कृतिक पहिचान भएको बताएका छन्। तीजको अवसरमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले यस्तो बताएका छन्।
सभापति देउवाले भने, ‘यी पर्वहरूले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको छ । यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन्।’
तीज जस्तो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सक्ने बताए। ‘हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनीमा पार्टी र मेरो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, शुभकामना दिँदै देउवाले भनेका छन्।
प्रकाशित: १० भदौ २०८२ ८:५८ | Tuesday, August 26, 2025
प्रतिक्रिया



