पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छ : पर्यटनमन्त्री पाण्डे

हिमाल प्रेस २ भदौ २०८२ १३:२९ | Monday, August 18, 2025
पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छ : पर्यटनमन्त्री पाण्डे

पाल्पा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस पाल्पाले आज यहाँ आयोजना गरेको भेटघाटमा उनले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर रहेकाले यसके विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए।

पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी क्षेत्रकै सार्थक हस्तक्षेप र क्रियाशीलताको आवश्यक रहेको उनको भनाइ थियो। उनले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माण गर्न भने होटल, यातायात र पर्यटकीय गतिविधि निजी क्षेत्रले सञ्चालन गर्छ, यसका लागि निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिदिनुपर्छ।’

उनले यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित नीति तथा ऐन बनाइरहेको बताए।

प्रकाशित: २ भदौ २०८२ १३:२९ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast