 
                             
                                            काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिसरी र परराष्ट्रमन्त्री आरजु राणा देउवाबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा विदेश सचिव मिसरी र परराष्ट्रमन्त्री राणाबीच आइतबार अपराह्न भेटवार्ता भएको हो।
दुई दिने नेपाल भ्रमणका लागि विदेश सचिव मिसरी आइतबार बिहान काठमाडौँ आएका थिए। परराष्ट्रमन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रतामा विदेश सचिव मिसरी नेपाल भ्रमणमा आएका हुन्।

यसअघि विदेश सचिव मिसरीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका थिए।
                            प्रकाशित: १ भदौ  २०८२ १७:५६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 