‘पब्लिक स्पिच नेपाल २०८२’ काठमाडौँमा हुने

हिमाल प्रेस २५ साउन २०८२ २०:४३ | Sunday, August 10, 2025
‘पब्लिक स्पिच नेपाल २०८२’ काठमाडौँमा हुने

काठमाडौँ– युवाहरूको वक्तृत्वकला र सार्वजनिक रुपमा बोल्ने क्षमताको विकास गर्ने उद्देश्यसहित ‘पब्लिक स्पिच नेपाल २०८२’ काठमाडौँमा आयोजना हुने भएको छ। बास नेपाल नामक गैरसरकारी संस्थाले यस प्रतियोगितालाई राष्ट्रव्यापीस्तरमा सञ्चालन गर्न लागेको हो। बास नेपालले गत वर्षदेखि ‘पब्लिक स्पिच नेपाल’ आयोजना गर्न लागेको हो।

यसअघि बाँके लगायतका जिल्लामा मात्र प्रतियोगिता हुँदै आएको थियो। बास नेपालका अनुसार प्रतियोगिता अडिसन, सेमिफाइनल र फाइनल गरी तीन चरणमा सम्पन्न हुनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने प्रतिस्पर्धीले भदौ १० गतेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ। साथै भदौ १३ गतेसम्म आफ्नो सार्वजनिक वक्तव्यको श्रव्य दृश्य सामग्री बास नेपाललाई पठाउनुपर्नेछ।

अडिसन चरण पार गर्ने प्रतियोगीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्, जसको आयोजना भदौ २० गते हुनेछ। त्यहाँबाट छनोट हुने प्रतियोगीहरू फाइनलमा पुग्नेछन्। अन्तिम प्रतिस्पर्धा भदौ २९ गते काठमाडौँमा हुनेछ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

गत वर्षको प्रतियोगितामा पूर्वअर्थसचिव कृष्णहरि सापकोटाको संयोजकत्वमा भ्रष्टाचारविरोधी अभियान्ता केदार खड्का, मदन पुरस्कार विजेता तथा साहित्यकार डा.नवराज लम्साल, नेपाल टेलिभिजनकी समाचार सम्पादक अनिता बिन्दु तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारी निर्णायक मण्डलमा रहेका थिए।

प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढीले सहभागिता जनाएका थिए।

प्रकाशित: २५ साउन २०८२ २०:४३ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast