पत्रकार यादव हुमागाईलाई एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार

हिमाल प्रेस ५ भदौ २०८२ १७:२९ | Thursday, August 21, 2025
पत्रकार यादव हुमागाईलाई एक लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार यादव हुमागाई।

काठमाडौँ- डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापित आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार यादव हुमागाईलाई प्रदान गरिने भएको छ। डा. हरिहरदेव पन्त फाउन्डेसनद्वारा स्थापित सो पुरस्कार डा. पन्तको दसौँ वार्षिक पुण्य स्मृति दिवस पारेर भदौ २१ गते हुमागाईँलाई प्रदान गरिने भएको हो। पुरस्कारको राशि नगद एक लाखसहित सम्मानपत्र रहेको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकार वा संघसंस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।  देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्धक डा. हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो।

पत्रकार हुमागाईले पत्रकारितामार्फत देशको सर्वांगीण विकासका साथै आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत पुरस्कार गर्ने निर्णय गरिएको फाउन्डेसनले जनाएको छ। डेढ दशकभन्दा लामो समय देखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार हुमागाई आर्थिक अभियान दैनिकका वरिष्ठ संवाददाता हुन्। उनी यसअघि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कारका साथै आधा दर्जनभन्दा बढी सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन्।

प्रकाशित: ५ भदौ २०८२ १७:२९ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast