नेपाल राष्ट्रिय प्रा.वि.चन्द्रपुरमा बालविकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण प्रशिक्षण

हिमाल प्रेस २ भदौ २०८२ १२:१४ | Monday, August 18, 2025
नेपाल राष्ट्रिय प्रा.वि.चन्द्रपुरमा बालविकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण प्रशिक्षण

चन्द्रपुर- नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चन्द्रपुरमा एक दिने शैक्षिक सामग्री निर्माण कार्यशाला सम्पन्न भएको छ। विद्यार्थीहरूको सिकाइ प्रक्रिया अझ सबल र सहज बनाउन आवश्यक दक्षता विकास गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यशाला चन्द्रपुर नगरपालिकाका बालविकास संयोजक चिरञ्जीवी पाण्डेको पहल तथा मार्गदर्शनमा र शोभा कार्कीको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न विद्यालयका बालविकास सहजकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शैक्षिक सामग्रीको प्रयोग अपरिहार्य हुन्छ। सहभागीहरूले बालबालिकाको समग्र विकासमा योगदान पुर्‍याउने, स्थानीय सामग्री प्रयोग गरेर निर्माण गर्न सकिने तथा कक्षाकोठामा सजिलै प्रयोग गर्न मिल्ने शैक्षिक सामग्रीहरू तयार पारेका थिए।

विद्यालयले यसपटक बर्खे बिदालाई सदुपयोग गर्दै कार्यशालाको आयोजना गरेको हो। विद्यालय प्रशासनका अनुसार कार्यशालाबाट विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

प्रकाशित: २ भदौ २०८२ १२:१४ | Monday, August 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast