नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा ‘खेल्दै सिक्दै परियोजना’को डेमो कक्षा सम्पन्न

हिमाल प्रेस ४ भदौ २०८२ ११:५६ | Wednesday, August 20, 2025
नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा ‘खेल्दै सिक्दै परियोजना’को डेमो कक्षा सम्पन्न

रौतहट- नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, खौराहा सलेमपुरमा ‘खेल्दै सिक्दै परियोजना’ अन्तर्गत विशेष डेमो कक्षा सम्पन्न भएको छ।

विद्यालयका शिक्षकहरू तथा परियोजनाका प्रतिनिधिहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको उक्त कक्षामा विद्यार्थीहरूले खेल विधिबाट पाठ अध्ययन गरेका थिए।

रमाइलो तरिकाले गरिएको सिकाइ प्रक्रियामा बालबालिकाले सहजै ज्ञान आत्मसात गर्दै जीवनपर्यन्त उपयोगी हुने सीप सिक्ने अवसर पाएका विद्यालयले जनाएको छ।

परियोजनाको उद्देश्य ‘पढाइलाई खेलसँग जोड्दा सिकाइ अझ प्रभावकारी र रमाइलो हुन्छ’ भन्ने रहेको छ। डेमो कक्षाले विद्यार्थीहरूको उत्साह अभिवृद्धि गरेको र यस प्रकारको गतिविधिले विद्यालयस्तरमै सिकाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ भदौ २०८२ ११:५६ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast