नेपाल-भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र राजनीतिक : उपप्रधानमन्त्री सिंह

हिमाल प्रेस ३० साउन २०८२ २०:१८ | Friday, August 15, 2025
नेपाल-भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र राजनीतिक : उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर)– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध रोटी बेटीको मात्र नभई धार्मिक, सांस्कृतिक र राजनीतिक रहेको बताएका छन्।

भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूतावास काठमाडौँद्वारा ललितपुरको पाटन दरबार क्षेत्रमा आज (शुक्रबार) आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले नेपाल भारत सम्बन्ध आगामी दिनमा थप दिगो र प्रगाढ हुने विश्वास व्यक्त गरे।

‘नेपाल भारत सम्बन्ध विशेष प्रकारको छ, हाम्रो खुला सीमा खुला छ, मिल्दोजुल्दो सभ्यता र संस्कृति रहेको छ, हाम्रो आपसी समन्वय र सहकार्यले अझै परिस्कृत र विकसित हुने मेरो विश्वास छ,’ उनले भने।

प्रकाशित: ३० साउन २०८२ २०:१८ | Friday, August 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast