नेपाल बंगलादेशसँग दोस्रोपटक पनि पराजित

हिमाल प्रेस ११ भदौ २०८२ १८:२७ | Wednesday, August 27, 2025
नेपाल बंगलादेशसँग दोस्रोपटक पनि पराजित

काठमाडौँ- नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग पराजित भएको छ। बंगलादेशसँगको दोस्रो हारसँगै नेपाल साफ महिला यू-१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ। नेपालले ४ खेलबाट ३ अंक मात्रै जोड्न सफल भयो।

नेपाल पहिलो खेलमा भारतसँग ८-० ले पराजित भएको थियो। नेपालले भुटानसँग २-१ गोल अन्तरको जित निकालेको थियो भने बंगलादेशसँग ३-० गोलले पराजित भएको थियो। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आज (बुधबार) सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ४–१ गोलले पराजित भएको हो। बंगलादेशलाई जित दिलाउन सौरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दा र थुनुए मार्माले एक गोल थपिन्।

नेपालका लागि कप्तान भूमिका बुढाथोकीले एक गोल फर्काइन्। खेलको ३८ मिनेटमा थुनुएको गोलमार्फत बंगलादेशले पहिलो अग्रता लिइन्। खेलको ४४औँ मिनेटमा प्रीतिले टोलीको अग्रता दोब्बर बनाइन्।

पहिलो हाफको इन्जुरी समयमा भूमिकाले नेपालका लागि गोल फर्काइन्। खेलको ७१औँ मिनेटमा प्रीतिले दोस्रो गोल गरिन्। प्रीतिले खेलको ८६औँ मिनेटमा ह्याट्रिक पूरा गरिन्। जितसँगै बंगलादेशले ४ खेलबाट ९ अंक पुर्‍याएको छ। एक खेल कम खेलेको भारतको पनि समान ९ अंक छ।

प्रकाशित: ११ भदौ २०८२ १८:२७ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast