काठमाडौँ- टप इन्ट टी २० शृंखलाअन्तर्गतको खेलमा मेलबर्न स्टार्सले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ।
अस्ट्रेलियाको डार्बिनमा टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले नेपाललाई १७५ रनको लक्ष्य दिएको हो। मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनायो ।
नेपालका सन्दीप लामिछानले ३ र सोमपाल कामीले २ विकेट लिए । त्यस्तै सहाव आलमले १ विकेट लिए। जारी शृंखलामा नेपालको यो तेस्रो खेल हो । अघिल्ला दुई खेलमा नेपाल पराजित भएको छ ।
प्रकाशित: २ भदौ २०८२ ८:४६ | Monday, August 18, 2025
प्रतिक्रिया





