नारायणकाजीले जनाए उखु किसानको आन्दोलनमा ऐक्यबद्धता

हिमाल प्रेस १० भदौ २०८२ १५:५० | Tuesday, August 26, 2025
नारायणकाजीले जनाए उखु किसानको आन्दोलनमा ऐक्यबद्धता

काठमाडौँ- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काठमाडौँको माइतीघरमा पुगेर उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।

सरकारले अनुदान कटौती गरेको विरोधमा देशैभरिका उखु किसानले गएको आइतबारदेखि काठमाडौँको माइतीघरमा अनिश्चितकालीन धर्ना दिइरहेका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठ आज किसानको धर्नामै सहभागी भएर आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्। उनले उखु किसानले पाउँदै आएको अनुदान कटौती गर्ने सरकारी निर्णय गलत भएको बताए।

सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू आन्दोलनमा सहभागी छन्। उखुका लाँक्रासहित संघीय राजधानी आएका किसानले अनुदान माग गर्दै धर्ना सुरु गरे पनि सरकारले अहिलेसम्म चासो देखाएको छैन।

प्रकाशित: १० भदौ २०८२ १५:५० | Tuesday, August 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast