नाम, थर र वतन नखुलेको युवकको बेवारिसे शव मर्स्याङ्दीमा भेटियो

हिमाल प्रेस ७ भदौ २०८२ ९:५८ | Saturday, August 23, 2025
नाम, थर र वतन नखुलेको युवकको बेवारिसे शव मर्स्याङ्दीमा भेटियो प्रतिनिधिमूलक तस्बिर

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक शव फेला परेको छ।

नाम, थर र वतन नखुलेको अन्दाजी ३०र३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिए। रासस

प्रकाशित: ७ भदौ २०८२ ९:५८ | Saturday, August 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast