नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु

हिमाल प्रेस २५ साउन २०८२ २१:०८ | Sunday, August 10, 2025
नाइजेरियामा आपराधिक समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु

कानो, नाइजेरिया (रासस/एएफपी)- नाइजेरियाको जामफारा राज्यस्थित बुक्कुयुम जिल्लाको आदब्का गाउँमा सशस्त्र आपराधिक समूहको आक्रमणमा परी १३ सुरक्षाकर्मीको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा ११ जना स्थानीय स्वयंसेवक (वाच समूह) र दुई जना प्रहरी अधिकृत रहेका छन्।

शुक्रबार राति ठूलो सङ्ख्यामा आएका आक्रमणकारीले गाउँमा आक्रमण गरी केही बासिन्दालाई अपहरण गरेका थिए। अपहरितको उद्धारमा खटिएको सुरक्षाकर्मी टोलीमाथि घात लगाएर गोली प्रहार गरिएको स्थानीय सांसद हामिसु फारुले जानकारी दिए।

उनका अनुसार आक्रमणपछि आक्रमणकारीहरू नजिकैको वन क्षेत्रमा लुकेका छन्, जसका कारण मृतकको शव संकलन कार्यमा कठिनाइ भएको छ। यस्तै कैयौँ गाउँले थप आक्रमणको त्रासमा आफ्नो घर छाडेर विस्थापित भएका छन्।

नाइजेरियामा यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सन् २०१५ देखि सेना परिचालन गरिएको छ। राज्य सरकारले पनि स्थानीय सुरक्षा बल गठन गरेको थियो। तर हिंसा यथावत् रहँदै आएको छ।

प्रकाशित: २५ साउन २०८२ २१:०८ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast