नवलपुरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

हिमाल प्रेस २५ साउन २०८२ १९:४८ | Sunday, August 10, 2025
नवलपुरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आज (आइतबार) ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

नारायणघाटतर्फबाट कावासोतीतर्फ जाँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई सिस्नेपुलमा ठक्कर दिएको थियो। स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा उक्त स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ। उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ साउन २०८२ १९:४८ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast