नगर प्रवेश गराइयो इन्द्रजात्राको लिंगो

हिमाल प्रेस १५ भदौ २०८२ १५:१५ | Sunday, August 31, 2025
नगर प्रवेश गराइयो इन्द्रजात्राको लिंगो

काठमाडौँ- इन्द्रजात्राका लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात् लिंगो नगर प्रवेश गराइएको छ। नेपाल पञ्चांग  निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिंगो नगर प्रवेश गराइएको हो। समितिले दिएको साइतअनुसार आइतबार बिहान भोटाहिटीबाट लिंगो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ।

लिंगो भदौ १९ गते बिहान १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गरिने तय भएको छ। इन्द्रध्वजोत्थान गरेपछि २१ गते इन्द्रजात्रा मनाइने स्थानीय राजन महर्जनले जानकारी दिए। जात्राका क्रममा कुमारीलाई तल्लो र माथिल्लो टोलको यात्रा गरिने परम्परा छ।

जात्राको तयारीस्वरूप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ तयारीको कार्य समेत सुरु गरिएको छ।इन्द्रजात्राको मुख्य दिन राष्ट्रप्रमुख वसन्तपुर दरबार क्षेत्रमा जाने परम्परा छ।

प्रकाशित: १५ भदौ २०८२ १५:१५ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast