 
                             
                                            काठमाडौँ- अशोक थापामगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’ को दुई पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका कलाकार उपासना सिंह ठकुरी र धीरज मगर देखिएका छन्।
‘जलाकी’ ले मगर समुदायको आस्थाको प्रतीक मानिने ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ।
फिल्म प्रेमकथामा आधारित रहेकाे निर्देशकले बताएका छन्। फिल्ममा उपासना र धीरजसहित, सोनम तोप्देन, साहारा हाङमा लिम्बू, शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापामगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु)लगायत कलाकारको अभिनय रहनेछ।
फिल्मकाे पहिलो चरणको छायांकन सकिसकेको छ। आगामी असोजबाट दोस्रो छायांकन गर्ने टिमको तयारी छ। फिल्म रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न स्थानसहित र दक्षिण कोरियामासमेत छायांकन गरिने निर्देशक थापामगरले बताए।
फिल्मका निर्मातामा ओम घर्तिमगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन्।
एम मिडियाको ब्यानरमा निर्माण हुने फिल्म शैलेन्द्र डी. कार्कीको छायांकन, एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 