दीपेन्द्रको कप्तानीमा अस्ट्रेलिया शृंखलाको पाँचौ खेल खेल्दै नेपाली टोली, पहिले ब्याटिङ गर्दै

हिमाल प्रेस ४ भदौ २०८२ ११:०३ | Wednesday, August 20, 2025
दीपेन्द्रको कप्तानीमा अस्ट्रेलिया शृंखलाको पाँचौ खेल खेल्दै नेपाली टोली, पहिले ब्याटिङ गर्दै

काठमाडौँ- अस्ट्रेलियामा जारी टप इन्ड टी२० शृंखलामा आफ्नो पाँचौ खेलमा नेपाली सुरुवातमा ब्याटिङ गर्ने भएको छ। नेपाली टोलीका नियमित कप्तान रोहित पौडेललाई आराम दिएको आजको खेलमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर ब्याटिङ रोजेका छन्।

दीपेन्द्रलाई यो भन्दा अगाडिको खेलमा विश्राम दिइएको थियो।  आजको खेलमा विकेट किपर एवं ओपनर आसिफ शेखलाई बेन्चमा राखिएको छ।
उनको स्थानमा विकेट किपरमा लोकेश बम प्लेइङ ११ मा परेका छन्। आजको खेलमा करण केसीलाई पनि आराम दिइएको छ। आज उनको स्थानमा अलराउन्डर रुपेश सिंहलाई मौका दिएको छ। लगातार तीन खेल हारेको नेपालले हिजो चौथो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै पहिलो जीत निकालेको छ।

टप इन्ड टी २० शृंखलामा नेपाल यसअघिका तीनवटै खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो।

प्रतियोगितामा ११ वटा टोली छन्। सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन्। प्रतियोगिताअन्तर्गत नेपालले पर्सि शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ।

यो शृंखलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ। आईसीसी टी २० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी २० शृंखला र अभ्यास खेल खेल्न लागेको हो।

प्रकाशित: ४ भदौ २०८२ ११:०३ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast