दीपक बोहोरालाई रास्वपाले सहकोषाध्यक्षबाट हटायो, के सहमहामन्त्री बन्लान्?

हिमाल प्रेस २९ साउन २०८२ ६:५५ | Thursday, August 14, 2025
दीपक बोहोरालाई रास्वपाले सहकोषाध्यक्षबाट हटायो, के सहमहामन्त्री बन्लान्? दीपक बोहोरा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दीपक बोहोरालाई सहकोषाध्यक्षबाट हटाएको छ।

निर्वाचन आयोगले बुधबार अद्यावधिक गरेको विवरणअनुसार रास्वपाले केन्द्रीय कार्यसमितिको विवरणबाट दीपक बोहोरालाई सहकोषाध्यक्षबाट हटाएको छ। उनीसहित सहमहामन्त्रीबाट सुमना श्रेष्ठलाई पनि हटाएको छ।

सुमनाले २०८१ चैत १८ मा पदाधिकारीमा नबस्ने भन्दै राजीनामा बुझाएकी थिइन्। त्यस्तै रास्वपाले विधान संशोधन गरेर सहकोषाध्यक्ष एक जना मात्रै रहने व्यवस्था गरेपछि बोहोराको नाम उक्त पदबाट हटाइएको हो।

उनीहरू केन्द्रीय सदस्यमा भने यथावत् छन्।

अब रास्वपाको सहकोषाध्यक्ष बसुमाया तामाङ मात्र छिन् भने सुमनाले छाडेको सहमहामन्त्री पद रिक्त छ। रास्वपा स्रोतका अनुसार बोहोरा पार्टीको सहमहामन्त्री बन्न चाहन्छन्। सहमहामन्त्री बन्न उनले सह कोषाध्यक्षबाट राजीनामा दिएका हुन्।

यसअघि प्रक्रिया अघि बढाएको भए पनि केही पदाधिकारीले असन्तुष्टि जनाएपछि रोकिएको थियो। तर सभापति रवि लामिछाने निकट बोहोरा सहमहामन्त्री बन्ने दाउमै छन्।

प्रकाशित: २९ साउन २०८२ ६:५५ | Thursday, August 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast